Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आजको विनिमय दर, अमेरिकी डलरको भाउ स्थिर

  •   ३ वर्ष अघि | ३ कार्तिक २०८०, शुक्रबार

कार्तिक ३, काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरको भाउ  स्थिर छ।

आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम भएको छ भने आज युरोपियन युरो एकको खरिददर भने १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८३ रुपैयाँ ९० पैसा र बिक्रीमा ८४ रुपैयाँ २८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३१ तोकिएको छ । 

यसदिन बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८८ पैसा तोकिएको छ।

यसैगरी आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइने छ भने राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा पाइने छ।

राष्ट्र बैंकले आज युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९  पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा तोकेको छ।

आज शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ५४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४८ पैसा पाइने छ  भने आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०४ पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप