काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य सामान्य थपघट भएर आएको छ। आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले आज इण्डियन आयल कर्पोरेशनले नयाँ मूल्यसुची पठाएको बताएका छन।
थानीका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.३४ रुपैयाँले घटेर र डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँ बढेर आएको हो ।
प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आउने गरेको छ।
त्यस्तै एलपीजी ग्याँसको मूल्यसूची भने प्रत्येक महिनाको १ तारिखमा आउँने गरेको छ ।
- न्युज बहार संवाददाता