कार्तिक
२३, काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले निरन्तरता
पाएको छ।
सुनको भाउ यसदिन प्रतितोला एक
हजार रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५०
रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज बिहीबार चाँदीको
मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५
रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार
भइरहेको छ।
- न्युज बहार संवाददाता