बैशाख १०, काठमाडौं । सेयर बजारमा बैंकहरुको खराब वित्तीय विवरणले निराशा बढाएको छ । यस कारण पनि सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि दिनदिनै घट्दै गएको छ ।
साताको पहिलो कारोबार दिन आज आइतबार बजार परिसूचक नेप्से १८.८० अंकले घटेर १८८५.६० अंकमा बन्द भएको छ ।
बजार परिसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । आइतबार नेप्सेमा ३१ हजार ४१५ वटा कारोबारमा २७ लाख ३४ हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८२ करोड ८५ लाखको कारोबार भएको छ ।
- न्युज बहार संवाददाता