Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

घट्यो पेट्रोल, मट्टीतेल र डिजेलको भाउ

  •   ३ वर्ष अघि | २ चैत्र २०८०, शुक्रबार

चैत २, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटेको जानकारी दिएको छ। 

नेपाल आयल निगमले शनिबार बिहान एक बजेबाट लागू हुने गरी मट्टीतेल, डिजेल र पेट्रोलको भाउ घटाएको हो। 

एक विज्ञप्ति जारी गरी निगमले डिजेल तथा मट्टीतेल दुई रूपैयाँ तथा पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ घटाएको जानकारी दिएको हो।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ भाउ तोकेको जनाएको छ ।

आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ २२ पैसा र डिजेलमा २ रूपैयाँ ०६ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। यता खाना पकाउने ग्यासको भाउ भने यथावत नै रहेको छ ।

तेस्रो वर्गअन्तर्गत दिपायल, काठमाडौँ र पोखरा लगायत क्षेत्रमा अब पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १५८ रूपैयाँमा पाइने छ ।

  • न्युज बहार संवाददाता

थप