पुस ७, काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवार तोलामा ७०० रुपैयाँको वृद्धि आएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ थियो ।
यो साताको शुक्रवारसम्ममा सुनको मुल्य १ लाख १९ हजार ८०० रुपैयाँ कायम भएको छ भने हिजो शुक्रवारसम्ममा तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार २५० रुपैयाँ कायम भएको छ ।
यसैगरी, चाँदीको मूल्यमा यो साता तोलामा १५ रुपैयाँको वृद्धि भएको छ । गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ थियो भने चाँदी यो साताको शुक्रवार १४ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
- न्युज बहार संवाददाता