चैत
२१, काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन–चाँदी दुबैको मूल्य बढेको छ।
आज एकै
दिन सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ
हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ।
त्यसैगरी, आज मंगलबार
चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १४ सय रुपैयाँमा
कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता