चैत
६, काठमाडौँ। हिजो आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो उक्त
दिन हिजो सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न
सफल भएको थियो भने आज सोमबार भने नेपाली बजारमा सुनको मूल्य घटेको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ।
हिजो आइतबारको
तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको हो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज
चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको भने हिजो आइतबार चाँदी
प्रतितोला १३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
चाँदी
हिजो आइतबारको तुलनामा आज सोमबार प्रतितोला १५ रुपैयाँ घटेको हो।
- न्युज बहार संवाददाता