जेठ ८, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुबैको मूल्य घटेको छ।
अघिल्लो
दिनको तुलनामा सुनको भाउ आज प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
३९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ ।
त्यसैगरी, मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला ५५
रुपैयाँले घटेको हो ।
यसदिन चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता