असार
१३, काठमाडौँ। आज बुधबार नेपाली स्थानिय बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मुल्य स्थिर
रहेको छ।
सुनको
मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ
हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ।
त्यसैगरी बजारमा आज बुधबार चाँदीको मूल्य स्थिर रहेको छ।
स्थिर रहेको चाँदी आज प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता