माघ ४, काठमाडौँ । आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको
छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी,
आज बिहीबार
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३ सय ९०
रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता