फागुन ११, काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बुधबार स्थिर रहेको सुनको मूल्य गत कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।
नेपाल
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच
सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार
छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई
हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी
चाँदीको
मूल्य पनि बिहीबार घटेको
छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।