Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालि बजारमा घट्यो मैदाको मुल्य।

प्रतिबोरा ९ सय रुपैयाँले मैदाको भाउ सस्तियो।

  •   ४ वर्ष अघि | २७ फाल्गुन २०७९, शनिबार

फागुन २७, काठमाडौं । प्रतिबोरा ९ सय रुपैयाँले मैदाको भाउ सस्तिएको छ। नेपाल खुद्रा व्यापार संघले रुस-युक्रेन युद्धका कारण देखाउँदै बढेको मैदाको भाउमा सुधार हुँदै गएको जनाएको छ । केही महिना अघि ५० किलो मैदाको मुल्य ४ हजार ६ सय रुपैयाँ पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको संघले बताएको छ। गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीले जानकारी दिएका छन।

अधिकारीले भने, ‘अहिले ५० किलोको मैदाको बोराको बजार मूल्य ३ हजार ७ सयमा झरेको छ, झण्डै ९२ रुपैयाँ किलोको मैदाको मूल्य अहिले ७४ रुपैयाँ हाराहारीमा आएको छ।’ भारतले नेपाललाई गहुँ आयातका लागि अनुमति दिएसँगै बजारमा गहुँको मूल्य ओरालो लागेको संघले बताएको छ।

 

  • न्युज बहार संवाददाता

थप