साउन १६, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाली स्थानिय बजारमा सुन र चाँदीको मूल्य बृद्धी छ।
यस दिन सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १४ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता