साउन
११, काठमाडौँ। नेपाली स्थानिय बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ। सुनको मुल्य
पुनः एकपटक रेकर्ड नजिक पुगेको छ।
सुनको
मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता