चैत ६, काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली
बजारमा सुन तथा चाँदी दुबैको मूल्य बृद्धी भएको छ ।
आज सुनको
भाउ प्रतितोला सात सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बृद्धी
छ।
आज मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँलेबढेको हो ।
आज चाँदी १५ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता