माघ
२१, काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुबैको भाउ घटेको
छ। यसदिन सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ ।
आइतबार
छापावाला सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख
१८ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले
जनाएको छ ।
यस्तै आज आइतबार
चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा किनबेच
भइरहेको छ।
- न्युज बहार संवाददाता