Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चालू आर्थिक वर्षको ६ महिना अबधीमा घट्यो आलु प्याजको आयात

  •   ३ वर्ष अघि | ८ माघ २०८०, सोमवार

माघ ८, काठमाडौँ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा विदेशबाट अर्बौ रुपैयाँको आलु र प्याज भित्रिएको छ । साउनदेखि पुस महिनासम्मको अवधिमा अर्बौ रुपैयाँभन्दा धेरैको आलु र प्याज तथ्यांकले देखाएको छ ।

यस अवधिमा ४ अर्ब ९ करोड ४० लाख रुपैयाँभन्दा धेरैको आलु आयात भएको तथ्यांकले जनाएको छ । यस ६ महिनाको अवधिमा १६ करोड २० लाख किलोग्रामभन्दा धेरै आलु आयात हुँदा राज्य कोषमा १ अर्ब १ करोड रुपैयाँ संकलन भएको छ ।

यसैगरी यस अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरैको प्याज भित्रिएको छ । तथ्यांक अनुसार यस अवधिमा ४ करोड ६१ लाख किलोग्राम प्याज आयात हुँदा राज्य कोषमा ४७ करोड ३६ लाख रुपैयाँ जम्मा भएको छ ।

भन्सार विभागको तथ्यांकले आलूका साथै प्याजको आयातमा समेत भारी गिरावट आएको देखाएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ अर्ब १५ करोड रुपैयाँको प्याज भित्रिएको थियो । जुन, चालू वर्षको तुलनामा १ अर्ब २४ करोडले बढी हो ।

  • न्युज बहार संवाददाता

थप