असोज २४,
म्याग्दी । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर च्याङ्ग्रा बजार निकासी हुन सुरु
भएको छ । मुस्ताङका कृषकको गोठमै कास्की, म्याग्दी, बागलुङ पर्वत, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा
खरिद गर्नका लागि व्यापारी पुग्न थालेका छन् ।
मङ्गलबारसम्म
एक हजार दुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी भेटेरेनरी अस्पताल तथा पशु
सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले दिएका छन ।
उनले भने, “मङ्गलबार मात्रै जोमसोमको नाकाबाट चार
सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ भने पछिल्लो तीन दिनको अवधिमा एक हजार दुई
सय च्याङ्ग्रा निकासी भएको छ ।”
उपभोक्ताको
अनुभव अनुसार हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने
भएकाले मासु पोषिलो र स्वादिष्ट हुने छ । त्यसैले अरु समय भन्दा दसैँ–तिहार जस्ता चाड पर्वमा च्याङ्ग्राको
मासु बढी खपत हुने गरेको छ ।
- न्युज बहार संवाददाता