Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शिवरात्रीको लागी सिङ्गारिदै पशुपतिनाथ मन्दिर ।

पशुपति मन्दिर सजावटमा मारवाडी समितिले सहकार्य गरिरहेको छ।

  •   ४ वर्ष अघि | २९ माघ २०७९, आइतवार

माघ २९, काठमाडौं । आउदै गरेको महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा तयारी स्वरुप झिलिमिली बनाउन थालिएको छ । महाशिवरात्रि नजिकिदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी बनाउने साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ । पशुपति मन्दिर सजावटमा मारवाडी समितिले सहकार्य गरिरहेको छ। अहिले पशुपतिनाथ मन्दिर क्षेत्रमा रंग लगाउने र फूलले सजावट गर्ने काम भइरहेको हो ।

डा. मिलन थापा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव का अनुसार पशुपतिनाथ मन्दिरको मुख्यस्थललाई रङरोगन गर्ने कार्य भइरहेको चछ भने बत्तीले सजाउने काम सुरु गरिएको छ । यसैगरी पशुपति क्षेत्रका भित्तामा रङरोगन लगाउने तथा भत्किएका सिडी मर्मत गर्ने कार्य पनि सुरु भएको सदस्य सचिव डा. थापाले बताएका छन ।

सदस्य सचिव डा. थापाले भने, ‘पशुपतिनाथ क्षेत्रलाई रङ्गीचङ्गी सहित सजावट गर्ने काम सुरु भएको छ, अबको केही दिनमा पशुतिनाथ निकै झकिझकाउ देखिने छ ।’ यसवर्ष पशुपतिनाथमा १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान समितिले गरेको उनले बताएका छन । पशुपतिनाथ क्षेत्रमा झकिझकाउ गरिन थालिए पनि शौचालयको अभावको समस्या भने रहेको स्वयं कोषका कर्मचारी बताउँछन् ।

पशुपतिनाथमा बत्तीसहित विभिन्न रङ्रोगरोगनले सजावट गरिन सुरु भएपछी अहिले यो क्षेत्र झनै मनमोहक र आकर्षक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिएका छन ।

थप