साउन ९, काठमाडौँ। आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बृद्धी भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
यस दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज मंगलबार स्थानिय बजारमा चाँदीको मूल्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता