Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

होली पर्वको अबसरमा बढी भाडा लिने काउण्टर सञ्चालक र चालक पक्राउ ।

ट्राफिकले सादा पोशाकमा समेत जनशक्ति परिचालित गरेको छ।

  •   ४ वर्ष अघि | २० फाल्गुन २०७९, शनिबार

फागुन २०, काठमाडौं । यात्रुसँग निर्धारित भन्दा बढी भाडा असुल्ने पाँच जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौंको बल्खुबाट आज शनिबार बिहान ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

होलीको अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने काउण्टरहरेले र चालकहरुले यात्रुहरूसँग निर्धारित भन्दाबढी भाडा लिने गरेको गुनासो आएपश्चात ट्राफिकले सादा पोशाकमा समेत जनशक्ति परिचालित गरी बढि भाडा असुल्ने चालक तथा काउण्टरका व्यक्तीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुविधा काउण्टरमा र लालिगुराँस काउण्टरका काउण्टर सञ्चालक र सोही काउण्टरबाट सञ्चालित बस तथा सुमोका चालकहरु रेहेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बढी असुल गरेको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप