Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्से परिसूचक ४९.०९ अंकले बढ्यो, राधी विद्युतको सर्वाधिक कारोबार

  •   १ वर्ष अघि | ७ जेष्ठ २०८२, मङ्लबार

जेठ ६, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । बजारमा यस दिन ३१० स्टकको ७३ हजार ५४ पटकको कारोबारमा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँबराबरको १ करोड ६८ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिनओम मेगाश्री फर्मास्यूटिकल्स, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

यस दिन कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ । आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४२ प्रतिशतले बढेको छ । 

  • न्युज बहार संवाददाता

थप