चैत
१९, काठमाडौँ। साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक २० अंकले घटेको छ।
यस दिन
नेप्से १.०५ प्रतिशतले घटेर १८८८.५५ बिन्दुमा बन्द भएको छ। यो नेप्से परिसूचकको गत तीन
महिनायताकै न्यून बिन्दु हो।
नेप्से
परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
आज
कारोबार रकम बढेर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँ पुगेको छ।
आज
आइतबार नेप्सेमा कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९६ प्रतिशतले बढेको छ।
- न्युज बहार संवाददाता