Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट।

  •   ३ वर्ष अघि | ६ असार २०८०, बुधबार

असार ६, काठमाडौँ। साताको चौथो कारोबार दिन अर्थात आज बुधबार नेप्से परिसूचकमा १४.०५ अंकको गिरावट आएको छ।

आज नेप्से ०.६८ प्रतिशतले घटेर २०५०.७८ बिन्दुमा पुगेर बन्द भएको हो।

अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

हिजो ४ अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा आज कारोबार रकम घटेर ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँमा सीमित भएको हो।

आज नेप्सेमा २७१ वटा धितोपत्रको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच भएको छ।

बुधबार नेप्सेमा सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ भने सेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा ग्रीन भेञ्चर्स रहेको छ। आज सिटी होटलको सेयर मूल्य २६१ रुपैयाँ पुगेको छ र ग्रीन भेञ्चर्सको ४५३ रुपैयाँमा झरेको छ।

यस दिन नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

  • न्युज बहार संवाददाता

थप