Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालले ११ महिनामा बेच्यो करिब साढे तिन अर्बको चिया।

  •   ३ वर्ष अघि | ८ असार २०८०, शुक्रबार

असार ८, काठमाडौँ । नेपालले यस वर्ष चिया निर्यातमा उल्लेख्य बृद्धि गरेको छ। नेपालको चिया निर्यातमा वृद्धि भएको छ । ११ चालु आर्थिक वर्षको ११ महिनाको भन्सार विभागले सार्वजनिक गरेको व्यापार तथ्याङ्‍कअनुसार नेपालले जेठसम्म ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको चिया निर्यात गरेको छ ।

नेपालले १५ करोड ४२ लाख ५९ हजार किलो चिया निर्यात गर्दा उक्त आय गर्न सफल भएको हो।

नेपालबाट गत वर्ष यसै ११ महिनाको अवधिमा नेपालबाट एक करोड ९ लाख किलो चिया निर्यात हुँदा २ अर्ब ८१ करोड रुपैयाँ नेपालले कमाई गरेको थियो।

नेपालबाट भारतमा सबै भन्दा धेरै चिया निर्यात हुँदै आएको छ । नेपालवाट भारत सँगै नेदरल्याण्ड्स, रुस, अमेरिका र जर्मनीमा पनि चिया निर्यात हुने गरेको छ ।

  • न्युज बहार संवाददाता

थप