फागुन २०, चितवन। आइतबारदेखि नारायणगढ–मुग्लिन सडक नियमित सञ्चालनमा
आउने भएको छ । गत पुस ५ गतेदेखि नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण दैनिक
चारघण्टा बाटो अबरुद्ध हुँदै आएको थियो भने नारायणगढ मुग्लिङ सडक खण्डमा अब आइतवारदेखि नियमित आवतजावत
हुने भएको हो । सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मुग्लिनमा पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न
भएकाले आइतवारदेखि नियमिति रुपमा सडक सञ्चालन गर्न लागिएको हो ।
अन्य ठाउँको काम
अब लगभग सकियो छ भने
तुइन खोलाको एकातर्फ विस्फोट पर्ने काम गराउन बाँकी भएको उनले जानकारी दिएका छन । आचार्यले भने ‘विस्फोट गराउने बेलामा केही
दिनका लागि केही घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवात जावतमा अब समस्या हुदैन।' गएको पुस ५ गतेदेखि बिहान ११
बजेदेखि दिउँसो तीन बजेसम्मका लागी दैनिक चार घण्टा बाटो बन्द हुदैँ
आएको थियो ।
- न्युज बहार संवाददाता