बैशाख १४, काठमाडौँ । काठमाडौँ महानगरले आज बालाजु एरियामा रहेको एक पेट्रोल पम्पलाई सिल गरेको छ।
नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले महानगरले आज बिहीबार बालाजुमा रहेको कोत:धुकु आयल स्टोर सिल गरेको जानकारी दिएका छन।
पाण्डेका अनुसार कोत:धुकु पेट्रोल पम्प मापदण्डविपरीत भएको कारण सिल गरिएको हो।
नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले महानगर भित्र भएको झन्डै १० वटा पम्प जोखिमपूर्ण अवस्थामा भएका कारण आज उक्त जोखिमपूर्ण अवस्थामा रहेको पम्प बन्द गर्ने काम कोत:धुकु आयल स्टोरबाट सुरू गरिएको बताएका छन।
- न्युज बहार संवाददाता