Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चैत महिनामा मूल्यवृद्धि घट्यो

  •   १ वर्ष अघि | २८ बैशाख २०८२, आइतवार

वैशाख २८, काठमाडौँ । गएको चैत महिनामा मूल्यवृद्धि घटेको छ । यो अवधिको वार्षिक विन्दुगत (अघिल्लो वर्षको चैतको तुलना) उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले उल्लेख गरे अनुसार फागुनसम्म यस्तो मुद्रास्फीति ३.७५ प्रतिशतले रहेको थियो । 

राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्ष चैतमा मुद्रास्फीति दर ४.६१ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समीक्षा महिनामा २.४५ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ ।

यस अवधीमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत बढेको छ ।

राष्ट्र बैङ्कका अनुसार मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासको ०.८९ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२४ प्रतिशतले घटेको  राष्ट्र छ  ।  

  • न्युज बहार संवाददाता

थप