मंसिर २५, काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट आएको छ
। यसदिन सुनको मूल्य प्रतितोला पाँच सय
रूपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६
हजार चार सय रूपैयाँ ५० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्यमा पनि गिरावट
आएको छ ।
सोमबार चाँदी प्रतितोला १५ रूपैयाँले घटेर १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता