फागुन ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो
ल्होसारको उपलक्ष्यमा सामाजिक न्याय, सुशासन र
समृद्धिको लक्ष्यसहित अगाडि बढेको सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय
स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो
ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका शेर्पा
समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं
समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र
समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता
सुदृढ गर्न सकिने बताए।
सन्देशमा भनिएको छ ‘ग्याल्बो ल्होसारको ऐतिहासिक दिनले आन्तरिक
राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र
एकतालाई थप मजबुत गर्नेछ भन्ने विश्वासका साथ शेर्पा समुदायलगायत सम्पूर्ण
जनसमुदायमा फेरि एकपटक शुभकामना व्यक्त गर्दछु।’