Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्सेमा हरियाली, कारोबार रकम पनि ३ अर्ब माथि ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ ।

  •   ४ वर्ष अघि | २४ माघ २०७९, मङ्लबार

माघ २४, काठमाडौँ । केही समय यता सुस्त रहेको शेयर बजार मंगलबार साढे तिन प्रतिशतले बढेको छ। मंगलबारको दिन नेप्से परिसूचक साढे ३ प्रतिशतभन्दा बढी बढेर २१७७.३४ बिन्दुमा रोकिएको हो।

त्यसैगरी यस दिनको सेन्सेटिभ इण्डेक्स १२.८५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.४२ अंक बढेको छ ।

नेप्से इण्डेक्स सँगै मंगलबार कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबारको दिन सोमबार करिब साढे १ अर्बको कारोबार भएको बजारमा आज कारोबार रकम बढेर ३ अर्ब माथि पुगेको छ। आजको कुल कारोबार रकम ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ रहेको छ । आज मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ ।


 

थप