Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लगातार सातौँ दिन सुनको मुल्यमा नयाँ रेकर्ड, मुल्य हाल सम्मकै उच्च

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

कात्तिक ७, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्यले सातौँ दिन पनि नयाँ रेकर्ड बनाएको छ।

सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

मंगलबारको तुलनामा आज सुनको मुल्य आठ रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसैगरी, अघिल्लो दिनको तुलनामा आज बुधबार चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँले बढेको हो।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप