पुस २२, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य स्थिर रहेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य पनि स्थिर रहेको छ।
आज चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि सुन र चाँदी दुबै सोही मूल्यमा कारोबार भएको थियो।
- न्युज बहार संवाददाता