बैशाख ११, काठमाडौँ। आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।
आज सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, नेपाली बजारमा सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता