Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड, आज तोलाको कति पुग्यो ?

  •   ३ वर्ष अघि | २४ फाल्गुन २०८०, बिहिबार

फागुन २४, काठमाडौँ । आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तिन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला एक हजार पाँच सय रूपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बिहीबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

बिहिबार चाँदी प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा किनबेच भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप