फागुन १५, काठमाडौँ । दरबारमार्गमा
पार्किङ गर्न निदिएको भन्दै त्याहाँका व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले
सोमबार दरबारमार्ग क्षेत्रका सबै सटर बन्द गरेर काठमाडौं महानगर विरुद्ध आन्दोलन
सुरु गरेका हुन् ।
व्यवसायीले काठमाडौं महानगरका
मेयर बालेन शाह विरुद्ध नाराबाजी गर्दै महानगरपालिकाले दरबारमार्ग क्षेत्रको सडक
किनारमा पार्किङ निषेध गरेकोमा बिरोध गरेका छन् ।
आन्दोलन कार्यक्रम दरबारमार्ग
विकास बोर्डले आयोजनामा भएको हो पार्किङ निषेध गरेपछी चहलपहल घटेर दरबारमार्ग
सुनसान भएको र कारोबारमा पनि कमी भएको व्यवसायीहरुको गुनासो छ ।
यस अघि महानगरले बागबजार लगाएत
अन्य क्षेत्रमा पनि पार्किङ प्रतिबन्ध लगाइसकेको थियो । पार्किङ प्रतिबन्ध लगाएपछि
सबै व्यवसायी आन्दोलित बनेको छन । व्यवसायीहरुले महानगरसँग बैकल्पिक पार्किङको माग
पनि राखेका छन ।
- न्युज बहार संवाददाता