सोमबार
यातायात व्यवसायीको आन्दोलनका कारण सिर्जना भएको तनावपछि प्रहरी वृत्त बालाजुमा कार्यरत डिएसपी रविन विष्ट लाई जिम्मेवारीबाट हटाइएको छ ।
एसएसपी हिमालयकुमार श्रेष्ठका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ताका अनुसार डिएसपी रविन विष्टलाई रानीपोखरी बोलाएर उक्त ठाउँमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ।
सोमबार
यातायात मजदुरले गरेको आन्दोलनमा बालाजु नयाँ बस पार्क क्षेत्रमा डिएसपी विष्ट
चढ्ने गाडीलगायत प्रहरीका दुई भ्यानमा आगजनी भएको थियो । सो समय सुरक्षा मतबुत
बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको स्रोतले जाकारी दिएको छ।
वरिष्ठ
उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले भने “घटना भइरहदा र घटना पछि देखिएको आवश्यकता अनुसार सुरक्षा
व्यवस्था मजबुत बनाउन नसकेको कारणले उपत्यका प्रहरी कार्यालयले विष्टलाई
जिम्मेवारीबाट हटाएको हो।” एसएसपीका
अनुसार विष्टको ठाउँमा अहिले डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।