Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आलुको सामुहिक खेति, कम्पनिले सबै आलु खरिद गर्ने हुँदा बजारको चिन्ता हट्यो

  •   २ वर्ष अघि | ११ फाल्गुन २०८१, आइतवार

फागुन ११, स्याङ्जा । स्याङ्जा जिल्लाको चापाकोटमा पर्ने विभिन्न स्थानका स्थानियहरुले सामूहिक आलुखेती गरिरहेका छन ।

झण्डै चार सय रोपनीमा जमिनमा चापाकोट नगरपालिकाको वडा नं ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले सामूहिक आलुखेती गरेका हुन्।

चापाकोटस्थित रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था, रत्नपुर साना किसान कृषि सहकारी संस्था, र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले सामुहिक आलु खेती गरिरेका छन ।

सामूहिक आलुखेतीमा वडा नं ८ र ९ का झण्डै दुई सय कृषक प्रत्यक्ष सहभागी भएका छन । चिप्स बनाउने कम्पनीसित सम्झौता भएकाले यहाँ उत्पादन हुने आलुको लागि बजारीकरणका कुनै समस्या नभएको स्थानियले बताएका छन ।

'चिप्स बनाउने कम्पनीसित आलु बिक्रीकालागि सम्झौता भएकाले यहाँ उत्पादन भएको सबै आलु कम्पनिले खरिद गरेरे लाने गरेको छ । गरेपनिसोही कारण बजार पाउँदैन कि भनेर पिरोलिनुपर्ने अवस्था कृषकलाई छैन ।

याहाँ आलु खने पछि कम्पनीलाई खबर गरिन्छ र कम्पनीले चलनचल्तीको भाउमा आलु खरिद गरेर लैजाने गरेको छ ।

सामुहिक आलु खेतिमा यसवर्ष झण्डै चार सय टन आलु उत्पादन हुने अनुमान गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप