चैत १९, काठमाडौँ । आज सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले
पुनः नयाँ रेकर्ड बनाउन सफल भएको छ।
लगातार
बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा आज पुगेको हो ।
आज सुन
प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ र तेजाबी
सुन प्रतितोला एक लाख ३० हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो
दिनको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य
प्रतितोला एक हजार पाँच सय ३५ रूपैयाँ पुगेको छ।
- न्युज बहार संवाददाता