भदौ १९, काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।
सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता