फागुन १९, हेटौंडा । ईलाका प्रहरी कार्यालयका
अनुसार भान्सा कोठामा लुकाएर राखेको अफिमसहित एक युवकलाई मनहरी- ६ बाट पक्राउ गरिएको
छ ।
बिहीबार
राति मनहरी-६ का ४० बर्षीय नरमान घिसिङलाई ११:४० बजे प्रहरी निरीक्षक कृष्णराज
ढकालको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर
कार्कीले जानकारी दिएका छन ।
विशेष सूचनाको आधारमा फलो गर्दै गएको
टोलीले घिसिङको घरको भान्सा कोठामा कालो झोलामा प्लास्टिकले बेरी लुकाइ राखेको १
किलोग्राम अफिम फेला पारेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए
। घिसिङलाई थप अनुसन्धानका लागि इलाका
प्रहरी कार्यालय मनहरीमा राखिएको प्रहरीले जनाएको छ ।
- न्युज बहार संवाददाता