माघ २८,
काठमाडौँ । अहिले नेपाल सगैँ प्राय सबै देशका प्रमुख शहरहरुमा प्रेम दिवसको रौनक चढेको
छ । देशका मुख्य शहरहरुमा प्रेम दिवसलाई लक्षित गर्दै प्रेममय सजावटहरु देख्न
सकिन्छ ।
काठमाडौं
लगायतका सहरका रेष्टुरेन्ट, क्याफे, सपिंङ मल, गिफ्टसप, फुलका दोकानहरु सबैमा
विषेश किसिमको सजावट छ । जसले सजिलै बुझ्न सकिन्छ की प्रेम दिवस हामी नेपाली माझ कति लोकप्रिय बन्दै छ । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। प्रेम
जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका
तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै
महत्वपूर्ण मानिन्छ।
विशेष गरी
यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । १४ फेब्रुअरी भन्दा एक
हप्ता पहिले देखि भ्यालेन्टाइन विक पनि मानउन
थालिएको छ । एक हप्ताको अन्तिम दीन यानकी १४ फेब्रुअरीमा चाहीँ भ्यालेन्टाइन
डे भनेर मनाईन्छ । यि एक हप्ता भरी
मानाइने डे आफैँमा एक रोमान्टिक र प्रेममय दिनहरु हो ।
यतिबेला भ्यालेन्टाइन
डेले काठमाडौं उपत्यकामा विशेष माहोल बनाएको छ । काठमाडौं उपत्यकामा भ्यालेन्टाइन
डे स्पेशल र प्रेमिल रुपमा मनाइँदै छ । यो भ्यालेन्टाइन डे सेलिब्रेसन सुरुमा
इटालीको रोमवाट शुरु भएको मानिन्छ ।