मंसिर २६, काठमाडौँ। आज अर्थात मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको एक मुखे रुद्राक्ष, बहुमूल्य नागमणि र दाहिने शङ्ख प्रदर्शन गरिने भएको छ ।
आज मङ्गलबार
एक मुखे रुद्राक्ष, बहुमूल्य नागमणि र दाहिने शङ्ख बिहान साढे नौ
बजेदेखि करिब तीन घण्टासम्म देखाउने तयारी गरिएको हो । यी बहुमूल्य सामग्री पशुपतिनाथको
पश्चिमढोकाअघि देखाइने छ।
सर्वसाधारणलाई
बहुमूल्य दाहिने शङ्ख, नागमणि र एक मुखे रुद्राक्ष प्रत्येक वर्ष
मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर देखाउने गरिन्छ ।
पशुपति
क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार त्यसरी सुरक्षित छ भनेर
देखाइएको बहुमूल्य सामग्री मार्गशीर्ष कृष्ण औँसीका दिन अर्थात आज भने अब एक
वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा छ ।
मार्गशीर्ष
कृष्ण औँसीका दिन मङ्गलबार बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने
शङ्खलाई भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । भण्डारमा राख्नुअघि बिहान
१० बजे अगावै पशुपतिनाथमा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै
छ ।
- न्युज बहार संवाददाता