Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज गौरा पर्व, विभिन्न कार्यक्रम गरि मनाउँदै ।

  •   ३ वर्ष अघि | ७ भदौ २०८०, बिहिबार

भदौ ७, काठमाडौँ । सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उमा महेश्वरसहित दुवोको पूजा गरेर उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।

यो पर्व हरेक वर्ष चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने गरिएको भएता पनि यस वर्ष भने वर्ष भाद्र शुक्ल अष्टमी अघि नै श्रावण शुक्ल अष्टमीकै दिन मनाइएको हो । उज्याली गौरा शुक्ल पक्षमा मनाइन्छ भने अँध्यारी गौरा कृष्ण पक्षमा मनाइने गरिन्छ । यसैले यस वर्षको यो गौरालाई उज्याली भनिएको हो ।

सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले गौरालाई ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी केहीको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको बताउँछन ।

देउडा संस्कृतिविद् जोशीले गौरा पूजा गर्नका लागि पाँच वनस्पति प्रयोह गरिने बताए। यसमा काँस, कुश, सामा (सौं), अपामार्ग र तितेपाती कतै कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने चलन छ । भाद्र कृष्ण अष्टमीका दिन यसरी बनाइएको देवीलाई गाउँको सफा घरमा भित्र्याएर बर्तालुहरुले निराहार बसी पूजा गर्ने परम्परा रही आएको छ ।

  • न्युज बहार संवाददाता

थप