Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज घर घरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइदैँ

  •   ३ वर्ष अघि | ४ कार्तिक २०८०, शनिबार

कार्तिक ४, काठमाडौँ । आज प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज मनाइदैँ छ । यस पर्वका अवसरमा शास्त्रीय विधिअनुसार घर–घरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइने गरिन्छ ।

दुर्गा मातालाई घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक आह्वान गरी पूजाआजा गरिएको पूजा कोठा अथवा दसैँघरमा आज शुभसाइतको प्रतीकका रूपमा हलेदो, उखु, धानको बाला, केराको बोट, दारिम, बेलपत्र, अशोकको फूल,  जयन्ती मानवृक्ष भित्र्याउने प्रचलन रहि आएको छ ।

शास्त्रीय विधिअनुसार नवपत्रिकाको नामले समेत चिनिने फूलपाती शक्तिको आराधनाका साथ नववटी देवीको प्रतीकको रूपमा भित्र्याई पूजा गर्ने वैदिक विधि रहेको छ ।

  • न्युज बहार संवाददाता

थप