Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र २६ गते आइतबारको राशीफल।

  •   ४ वर्ष अघि | २६ चैत्र २०७९, आइतवार

शुभ बिहानी, चैत्र २६ गते बैशाख कृष्ण तृतिया तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ। पराक्रम बढ्नुका साथै धन लाभका पनि योग रहेको छ। प्रेम जीवन पनि सफल हुनेछ।

वृष– तपाईको आज आँटेको र ताकेको कार्य पुरा हुन सक्छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ। साहित्यिक क्षेत्रमा रुचि बढ्न सक्छ।

मिथुन – तपाईको आज शुभ कार्यमा तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्ला तर प्राविधिक विषयमा बढी सफलता मिल्ने देखिन्छ। सामाजिक क्षेत्रबाट मान सम्मान मिल्न सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुले आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्न सक्छ। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न सकिनेछ सचेत रहनुहोला र अल्छीपना पनि बढ्न सक्छ।

सिंह –तपाईको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन। धार्मिक तथा समाजसेवामा मन जानेछ। नजिकको व्यक्तिबाट सहयोग मिल्नसक्छ।

कन्या –   आज कन्या राशीका तपाईको बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला। धर्मकर्म र समाज सेवामा मन जानेछ। रमाइलो र टाढाको यात्राको सम्भावना रहेको छ।

तुला – आज तपाइको समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिन सक्छन्। छोटो दुरीको लाभदायी यात्रा होला। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ।

वृश्चिक – तपाईको आज स्वास्थ्य क्षेत्र निर्बल रहने छ सजगता अपनाउनु होला। काम बिगार्नेको सक्रियता बढ्नेछ। नियमित खर्चसमेत बढ्ने योग रहेको छ।

धनु – आज तपाइको आफन्त र मित्रवर्गको सहयोग पाइने छ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त होला। साङ्गीतिक क्षेत्रमा रुचि बढ्न सक्छ।

मकर - मकर राशीका तपाईको आज रोकिएका अधुरा कामहरू पुरा हुन्छन भने भाग्यले राम्रो साथ दिनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। शिक्षामा पनि सफलता मिल्न सक्छ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। अरूको भर नपरी निर्णय लिन सके थप अवसर प्राप्त हुनसक्छ। स्वादिष्ट भोजनको योग छ।

मिन – तपाईको आज मन खिन्न हुने स्थिति आउन सक्छ। मालसामान हराउने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ भने वैदेशिक क्षेत्रको काम बन्ने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप