Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज बैशाख १ गते नयाँ वर्षको राशीफल

  •   २ वर्ष अघि | १ बैशाख २०८१, शनिबार

शुभ बिहानी, आज २०८१ साल बैशाख १ गते, चैत शुक्ल पञ्चमी तिथी शनिबार, अप्रिल १३ तारिक । आज २०८१ सालको पहिलो दिन अर्थात नयाँ वर्ष । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिएला। रमणीय र सुखद् यात्राको योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।

वृष – तपाइको आज शुभकार्यको चर्चा हुनेछ। श्रमदान गर्ने अवसर पाइएला। कुनै कुराले मनमा शान्ति छाउनुका साथै प्रेममा सफलता प्राप्त होला।

मिथुन - तपाईको आज साँझमा शुभ समाचार सुन्न पाइएला। स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहनेछ भने मनमा चञ्चलता पनि बढ्ने देखिन्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज पारिवारिक सद्भाव बढेर जानेछ। आकस्मिक धनलाभ होला। महिला वर्गबाट सहयोग पाइनुका साथै कूटनीतिक नियोगको सहयोग पनि पाइएला।

सिंह – तपाईको आज यात्रा गर्दा दुख हुन सक्छ विचार पुर्याउनुहोला, विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न होला। लगनशीलताले कामहरू अगाडि बढ्न सक्छन।

कन्या - कन्या राशीका तपाईको आज वस्त्र एवं अलंकार प्राप्ति होला। न्यायिक कार्यमा सफलता पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनुका साथै, आफन्तको प्रगतिमा मन रमाउला।

तुला - तपाइलाई आज रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन मद्दत दिनेछ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नुका साथै सौन्दर्यतामा धन खर्च हुनेछ।

वृश्चिक – तपाईको आज वैदेशिक कार्य अघि बढेर जानेछ। शुभ समाचार सुन्न पाइनेछ। कला र गलाको प्रभाव बढ्नुका साथै मनमा हर्ष, उमङ्ग र उत्साह छाउन सक्छ।

धनु – तपाइको आज यात्रा रोमाञ्चक हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन। कला र गलाको प्रभाव बढेर जानेछ भने विशिष्ट व्यक्तिबाट हौसला प्राप्त होला।

मकर - मकर राशीका तपाइको आज आयआर्जनका क्षेत्रमा सुधार आउन सक्छ। अरूलाई प्रभावित पारेर काम बन्ला। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध होला।

कुम्भ - कुम्भ राशीका तपाइले आज अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त हुनसक्छन। मनमा दुबिधा उत्पन्न भने होला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

मिन – तपाइलाई आज शैक्षिक क्षेत्रमा सफलता मिल्नसक्छ। घरमा अतिथिको आगमन र बोलीको भरमा कार्य सम्पादन होला। आफन्तको प्रगतिमा मन रमाउला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप