Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख ११ गते सोमबारको राशीफल।

  •   ४ वर्ष अघि | ११ बैशाख २०८०, सोमवार

शुभ बिहानी,आज २०८० साल बैशाख ११ गते बैशाख शुक्ल चतुर्थी तिथी सोमबार। आज लोकतन्त्र दिवस। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शुभकार्यको चर्चा हुने र परोपकारमा रुचि बढ्ने योग छ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ भने बन्धु बान्धवबाट सहयोग हुनेछ।

वृष - तपाईको आजको इच्छा र आकाङ्क्षा पूर्ण होला। जोशजाँगर र हिम्मत बढेर जानेछ। धर्मकर्म तथा समाजसेवामा मन लागनुका साथै सन्तान सुख पनि मिल्ने योग छ।

मिथुन - तपाईको आज मन खिन्न हुने स्थिति आउला। प्रेममा मनमुटावका साथै मन कमजोर हुनेछ। दबाब, तनाव र मानसिक चिन्ता बढेको महसुस गर्नुहोला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी हुनुहोला। बौद्धिक विकास र धार्मिक यात्राको योग रहेको छ।

सिंह - तपाईको आज रमाइलो यात्राको योग छ। मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना रहेको छ। नयाँ कार्यको योजना बन्ने र आँटेको, ताकेको कार्य पुरा हुनसक्छन।

कन्या - कन्या राशीका तपाइको आज समाज सेवामा मन जानेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने र शत्रु पराजित हुनेछन।

तुला - आज तपाइको सरकारी निकायको भय रहीरहला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नेछ।

वृश्चिक - तपाईलाई आज कुनै कुराले मन प्रसन्न हुनेछ। कूटनीतिक नियोगको सहयोग मिल्ने र प्रेमीको सहयोग पनि पाइने योग छ स्वास्थ्य प्रति चैं सजग रहनु आवश्यक हुनेछ।

धनु - तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। पुनर्मिलनको योगका साथै बन्धुबान्धवबाट सहयोग मिल्ने छ। दिनको उत्तरार्धमा धन खर्च बढी होला।

मकर - मकर राशीका तपाईको आज एउटै कामबाट दोहोरो लाभ मिल्ला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने र सांगीतिक क्षेत्रमा रुचि बढ्ने योग छ। दाम्पत्य जीवन सुखमय रहला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आजको दिन प्रतिकूल छ, संयम रहनु होला। बोलीको विपरीत अर्थ लाग्ने छ। जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउनसक्छ।

मिन - तपाईको आजको दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्लान। पुनर्मिलनको योग पनि रहेको छ। बिनाप्रतिस्पर्धा फाइदा पनि हुन सकिएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप