Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व धार्मिक विधि पूर्वक सुरु

  •   ३ वर्ष अघि | १८ असोज २०८०, बिहिबार

असोज १८, जलेश्वर । आजदेखि मिथिलाञ्चलमा पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्ति, सन्तानको दीर्घ जीवनका लागि मनाइने जितिया पर्व धार्मिक विधि पूर्वक सुरु भएको छ ।

आजदेखि महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ नहा खा (नुहाएर खानु) विधि गर्दै सुरु भएको हो ।

आजको दिन व्रती महिलाले व्रत बस्नु अघि तलाऊ, नदी वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा दिवङ्गत पितृ र भगवान् जितमाहनलाई दही, चिउरा, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने चलन छ ।

जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने बताए ।  

  • न्युज बहार संवाददाता

थप